

काठमाण्डौ । केही दिनदेखि बादल लागेका कारण मौसम धुम्मिएको छ । तत्काल बादल हट्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
घाम लागेपछि दिउँसोपख आकाश खुले पनि बिहान बेलुका धुम्म हुने क्रम रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार नेपालमा पश्चिमी वायु भित्रिने क्रममा छ । अहिले मनसुन सकिन लागेको र पश्चिमी वायु बिस्तारै भित्रिने क्रममा रहेकाले पनि आकाश खुल्न नसकेको हो । यो क्रम अझै केही दिन रहनेछ । कतैकतै बदली र वर्षा छ ।
आज बिहान पूर्वका केही ठाउँमा पानी परेको छ । नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउँहरु तथा बाँकी प्रदेशका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाण्डौमा आज पनि हिजोरअस्तिकै जस्तो दिउँसो घाम लाग्नेछ । अहिले काठमाण्डौमा पनि बादल लागेको छ । तर पानी भने नपर्ने मौसमविद् झाले बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७