

काठमाण्डौ । इजरायलबाट स्वदेश फर्काउन बाँकी रहेकालाई पठाउन प्रक्रिया शुरु भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।
इजरायलको तेल अभिभमा रहेको नेपाली दूतावासले विज्ञप्ति निकालेर नेपाल फर्कन चाहनेको सङ्ख्या अझै दुई सय जनाभन्दा धेरै रहेको र उनीहरुलाई स्वदेश फर्काउन सहजीकरण गर्ने प्रक्रिया शुरु भएको जनाएको हो । दूतावासका अनुसार नेपाल फर्कन चाहनेहरुले अनलाइनमार्फत् विवरण भर्ने क्रम पनि चलिरहेको छ ।
यस्तै, प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परेर घाइते भएर इजरायलमै उपचार गराइरहेका तीन जनामध्ये एक जना डिस्चार्ज हुने क्रममा छन् । अर्का दुई जना घाइतेको भने उपचार भइरहेको छ । घाइतेमध्ये एक जना डिस्चार्ज भएर बिहान स्वदेश फर्किसकेका छन् ।
यस्तै, दूतावासका अनुसार हराइरहेका विपीन जोशीको खोजीलाई तीव्रता दिन इजरायल सरकारलाई फेरि आग्रह गरिएको छ । हमासको आक्रमणमा ज्यान गुमाएका १० जना विद्यार्थीको शव नेपाल ल्याउन इजरायलको नियम तथा प्रक्रिया अनुसार काम भइरहेको पनि इजरायलमा रहेको नेपाली दूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
दूतावासले इजरायलमा रहेका नेपालीलाई संयम भएर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न फेरि पनि आग्रह गरेको छ । इजरायलबाट २ सय ५४ जना आज बिहान स्वदेश फर्किसकेका छन् ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७