

स्थानीय रैथाने खानाको प्रवर्द्धन गर्न होटल संघ नेपाल हान ले रैथाने परिकारहरू होटल तथा रेस्टुरेन्टको मेनुमै राख्ने बताएको छ।
संघका सदस्य होटलहरूमा आगामी आइतबार (घटस्थापनादेखि कोजाग्रत पूर्णिमा) सम्म रैथाने परिकार पस्कने कार्यक्रम नै आयोजना हुने जनाइएको छ।
पर्यटकहरूले यात्राको क्रममा रैथाने खानाप्रति विशेष रूचि राख्ने हुँदा मौलिक खानाको स्वाद चखाएर भ्रमण अविस्मरणीय बनाउने कार्यक्रमको उद्देश्य रहेको संघका अध्यक्ष विनायक शाहले बताए।
यस्तो किसिमको कार्यक्रमअन्तर्गत देशभरका सदस्य होटलहरू खासगरी झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल होटलमा रैथाने खाना पाइनेछ।
त्यस्तै काठमाडौंका एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घर लगायतले आफ्नो मेनुमा दसैं विशेष स्थानीय रैथाने खाना पस्कने छन्।
यस कार्यक्रममा अन्य क्षेत्रका थप सदस्य होटलहरू पनि सहभागी रहने संघले जनाएको छ।
पर्यटनबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
लेक लागेर मर्छन् विदेशी पर्यटक
रानीपोखरी अब सबैका लागि खुल्ला
राप्ति नदीमा गोही छाडियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७