

काठमाडौँ । इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरिएको छ । विद्यार्थी लिन सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान पठाएको थियो । आरए २२९–२३५३ को विमान बिहान ४ बजे त्रिभुवन विमानस्थलबाट उडेको थियो ।
इजरायलको तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट नेपाली समय साँझ ५ बजेर १७ मिनेट मा उडेको थियो । कार्गो र इन्धनका लागि साँझ करिब ८ बजे दुबई ल्यान्ड गरेको विमान राति ११ बजे काठमाडौंका लागि प्रस्थान गरेको थियो । तेलअभिभस्थित नेपाली दूतावासका अनुसार इजरायलमा रहेका विद्यार्थीलाई उद्धार गरी ल्याइएको हो ।
उद्धार गरिएका मध्ये कृषि विश्वविद्यालयका १ सय १९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना विद्यार्थी छन् । सुदूरपश्चिमबाट गएका ४९ विद्यार्थीमध्ये १० जनाले हमासको आक्रमणमा परी ज्यान गुमाएका छन् । विपिन जोशी अझै बेपत्ता छन् भने आक्रमणमा परी घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको इजरायलमै उपचार भइरहेको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७