

ललितपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात कार्यालयमा बिचौलिया निषेध गर्न निर्देशन दिनुभएको छ । सहयोगका नाममा बिचौलियाले सेवाग्राहीलाई शोषण गर्नुका साथै सरकारी कामकारबाहीबारे नकारात्मक भ्रम फैलाउने काम भएकाले निषेध गर्न यातायात कार्यालयलाई मन्त्री ज्वालाले निर्देशन दिनुभएको हो ।
ललितपुरमा बिहीबार आयोजित सवारीचालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार कार्यक्रममा विद्युतीय सेवा प्रवाहलाई जोड दिँदै उहाँले बिचौलियालाई निषेध गर्नुपर्ने बताउनुभयो ।
मन्त्री ज्वालाले भन्नुभयो, “कार्यालयमा बिचौलिया क्षेत्र निषेधित लेखेको बोर्ड मात्रै छ कि कार्यान्वयन पनि भएको रु बोर्ड अनुसार कार्यान्वयन गर्नुस् । जति छिटोछरितो र नम्र भएर काम गर्नुहुन्छ त्यति बिचौलिया निषेधित हुँदै जान्छन् ।”
उहाँले सबै यातायात कार्यलय विद्युतीय सेवा प्रवाह ९अनलाइन० प्रणालीमा लगिने बताउनुभयो । अनलाइन प्रणालीलाई कार्यान्वयनमा लैजान जोड दिँदै मन्त्री ज्वालाले भन्नुभयो, “राजस्व बुझाउन यातायात कार्यालयमा जानुपर्दैन, लाइन लाग्नुपर्दैन भन्ने कुराको सुनिश्चितता दिनुपर्छ । सबै कार्यालयमा अनलाइन प्रणाली सुरु गर्न लागिरहेका छौँ । पोखरामा सुरु भइसकेको छ ।”
उहाँले बिनाझन्झट सहज रूपमा जनतालाई सेवा दिन सरकार लागिपरेको बताउनुभयो । मन्त्री ज्वालाले भन्नुभयो, “अनलाइन सेवा देशव्यापी बनाऊँ । हामीले लाइसेन्स, राजस्व बुझाउन कार्यालयमा जानुपर्दैन । लाइन लाग्नुपर्दैन भन्ने कुरा सुनिश्चितता गर्नुपर्छ । यो कुरा छिटोभन्दा छिटो गर्नुपर्छ ।”
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७