TRENDING
होमपेज
फिल्म ‘राजागञ्ज’लाई नर्वेको सोर्फोन्डबाट ७६ लाख राशिको पुरस्कार


काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज स् द स्काइ इज माइन’को छायांकन गत महिना सम्पन्न भइसकेको छ । भेराइटी म्यागजिनका अनुसार यो फिल्मलाई लिएर अब नयाँ खबर छ ।
यो फिल्मले नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट ७६ लाख ५२ हजार रुपैयाँ ९५७ हजार ६०० अमेरिकी डलर० जितेको छ। यो फिल्म उक्त फन्ड जित्ने नौ फिल्ममध्ये एक रहेको भेराइटीको समाचारमा उल्लेख छ ।
रौनियार निर्देशित पहिलो फिल्म ‘हाइवे’ सन् २०१२ मा बर्लिनमा प्रिमियर भएको थियो । त्यसपछि लोकार्नोमा । सन् २०१६ मा रिलिज भएको उनको अर्को फिल्म ‘ह्वाइट सन्’ले भेनिस, पाम स्प्रिङ्स, फाइबर्ग र सिंगापुर फेस्टिभलमा अवार्ड जितेको थियो ।
रौनियार, डेभिड बार्कर र आशा मगरातीद्वारा लिखित, ‘द स्काई इज माइन’ले दक्षिण एसियामा जातीय प्रथाको कथा पेश गर्छ जहाँ छालाको रङलाई लिएर विभेद गरिन्छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७