

काठमाडौं । सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्यको तयारी गरेको छ । यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन् ।
नेताहरुका अनुसार असोज २९ गते बैठक राखेर अधिवेशन अन्त्य गर्ने तयारी छ । कतिपयले २६ गतेकै बैठकलाई चालु अधिवेशनको अन्तिम बैठक बनाउनुपर्ने सुझाव दिएका छन् । हिन्दुहरुको ठूलो पर्व दशैंं २८ असोजमा सुरु हुँदैछ । सरकारले यही दिनको आसपासमा संसद अधिवेशन अन्त्य गर्दैछ ।
प्रधानमन्त्रीको सचिवालयले अधिवेशन अन्त्यको विषयमा प्रधानमन्त्रीले सभामुख देवराज घिमिरे र राजनीतिक दलहरुसँग परामर्श गरेको छ ।
चालू अधिवेशन गत वैशाख २४ गतेदेखि सुरु भएको थियो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङका अनुसार दशैं, तिहार, छठ र नेपाल सम्वत लगायतका चाडपर्वको समयका लागि संसदको अधिवेशन अन्त्य हुनेछ । चाडपर्व सकिए लगत्तै हिउँदे अधिवेशन बोलाउने गरी चालू अधिवेशन अन्त्य गर्न लागिएको छ ।
मुख्य समाचारबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७