TRENDING
होमपेज
इजरायलमा रहेका विद्यार्थीलाई नेपाल एयरलाइन्सको विमान आज राती जादै


काठमाडौं । इजरायलमा उद्धारको पर्खाइमा रहेका नेपालीलाई लिन सरकारले आज नेपाल एयरलाइन्सको विमान पठाउने भएको छ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले राति ११ बजे नेपाल एयरलाइन्सको चार्टर विमान इजरायल पठाउन लागेको जानकारी दिइन्।
इजरायलमा शनिबारदेखि जारी हमास लडाकु र इजरायली सेनाबीचको लडाइँमा १० नेपाली विद्यार्थीले ज्यान गुमाइसकेका छन्।
अरू विद्यार्थीले आफूहरू असुरक्षित रहेको भन्दै तत्काल उद्धारका लागि अपिल गरिरहेका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको जहाज पठाएर उनीहरूलाई उद्दार गर्ने निर्णय गरेको थियो।
इजरायलस्थित नेपाली दूतावासमा स्वदेश फर्कनका लागि ३ सय ५० जनाभन्दा बढी नेपालीले नाम टिपाइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
बैशाख ३१, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७