TRENDING

धादिङको मछेडीखोलामा स्कार्पियो जिप खस्दा चालक घाइते

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–७ मछेडीखोला स्कार्पियो जिप दुर्घटनामा परेको छ ।

धादिङबाट काठमाडौतर्फ जाँदै गरेको बि एडी ३५४२ नम्बरको जिप सडकबाट करिब पचास मिटर तल खोचमा झरेको हो । दुर्घटनामा जिप चालक धादिङका ज्वालामुखी गाउँपालिका  – ७ का २२ वर्षीय युवराज इटनी घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेष्ठका अनुसार तीब्र गतिमा गुडेको जिप अनियन्त्रित भइ दुर्घटनामा भएको हो । मछेडीखोला पुल कटेपछी घुम्ती सडकमा अनियन्त्रित भएको प्रारम्भीक अनुसन्धानबाट देखाएको श्रेष्ठले जानकारी दिए ।

घाइते इटनीको गल्छी बैरेनीमा उपचार भैरहेको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।