TRENDING

रसुवामा मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौ । रसुवामा मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङ रहेका जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले बताए।

यस्तै दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जनाको खुट्टा फ्याक्चर भएकाले जिल्ला अस्पताल रसुवामा उपचार भइरहेको छ ।

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा सोमवार साँझ आलु बोकेको बा ५ ख ५७८ नम्बरको आयसर मिनी ट्रक दुर्घटना भएको हो। ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।