

काठमाडौ । नेप्से सूचक ओरालो लागेको छ । मार्जिन लेण्डिङको सीमा वृद्धि लगत्तै आइतबार ३५ अंकमाथिले घटेको नेप्से सूचक दोस्रो दिन थप १२ अंकले घट्न पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १२.५८ अंकले घट्दै १९ सय ८.६६ अंकमा झरेको हो । नेप्से सूचकसँगै आज कारोबार रकम समेत घट्न पुगेको छ । १२ अंकले सूचक घटेको यस दिन १ अर्ब १७ करोड रुपैयाँ बराबरको ४३ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज म्यानु एण्ड प्रो र ट्रेडिङ बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी आज जीवन बीमा समूहको उपसूचक १ प्रतिशतले घटेको छ भने बाँकी अरु समूहको उपसूचक १ प्रतिशत कमले घटेका छन् ।
यता म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक भने आज क्रमशः ०.०६ प्रतिशतले र ०.४९ प्रतिशतले बढेका छन् । आज सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ६।८८ प्रतिशतले बढेको छ भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घट्न पुगेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७