

काठमाडौं । एसिसी यू–१९ प्रिमियर कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो ।
टोलीलाई बिदाइ गर्दै क्यानका सचिव पारस खड्काले यू–१९ टिम गरेको प्रदर्शन सिनियर टिममा आउने महत्वपूर्ण बाटो भएकाले सबैलाई राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।
‘नेपाली क्रिकेट टिमको इतिहास हेर्ने हो भने यू–१९ मा राम्रो गर्ने खेलाडीले नेपाली क्रिकेटमा लामो समय खेल्ने इतिहास बनाउने मौका छ’ उनले भने ।
प्रिमियर कपको विजेता बनेमा नेपालले एसिया कप क्रिकेट खेल्न पाउने छ ।
खड्काले प्रिमियर कप र एसिया कप विश्वकपका लागि राम्रो परीक्षा भएको भन्दै यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरे । गत फेब्रुअरीमा नेपाललाई यू–१९ विश्वकपमा छनोट गराउने खेलाडीले नै एसीसी प्रिमियर कप खेल्दै छन् ।
बिहीबारदेखि सुरु हुने प्रतियोगितामा सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । नेपालले समूह चरणमा बहराइन, साउदी अरेबिया र इरानसँग खेल्ने छ । समूह चरणमा शीर्ष स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७