TRENDING

विजयादशमीको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाण्डौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमी टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

यस वर्षको बडादशैँ अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतवार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ बजेर २९ मिनेटमा घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत हुने पनि उनले बताए । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत रहेको छ ।