

काठमाडौँ । इजरायल र गाजाबीच शनिवारदेखि युद्ध जारी छ । उक्त युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भयो । हवाई हमलासँगै आतङ्कवादी हमला निरन्तर जारी छ । जसले गर्दा नेपालीहरू निकै त्रासमा छन् । उनीहरूले निरन्तर रूपमा उद्धारका लागि अनुरोध गर्दै आएका छन् । तर, अहिलेसम्म उद्धार हुन सकेको छैन ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी अजुर्न गिरीकाअनुसार अन्य देशका नागरिकहरूको धमाधम उद्धार भयो । तर, युद्धग्रस्त क्षेत्र नजिकै रहेका नेपाली विद्यार्थीको भने शनिवारदेखि आजसम्म उद्धार हुन सकेको छैन । आफूहरूसँगै रहेका थाइल्यान्ड, इजरायल लगायतका अन्य देशका विद्यार्थीको उद्धार गरिएको उनको भनाई छ । ‘हामीले दूतावासमा पटक–पटक फोन गरेर उद्धारका लागि गुहार गर्यौँ । तर, लोकेसन पठाइदिनुहोस् भन्ने मात्र जवाफ आउने गरेको छ । उद्धार हुन सकेको छैन’ गिरीले भने ।
सुदूरपश्चिम विश्वविद्यालयका २० जना विद्यार्थीहरूलाई अर्को क्षेत्रमा लगिँदै छ । उनीहरू बस्दै आएको बंकरबाट उद्धार गरेर आज दिनभरमा आफूहरू भएको ठाउँमा ल्याउन लागिएको उनको भनाई छ । ‘शनिवारदेखि विभिन्न देशमा विद्यार्थीहरू बंकरमा थिए । तर, अन्य देशका विद्यार्थी तथा नागरिकको उद्धार गरियो । हाम्रा साथीहरू भने शनिवारदेखि नै बंकरभित्रै छन्’ उनले भने ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७