TRENDING

नेपालीलाई सय मेगावाटमा खुम्च्याउन खोजिएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधि सभामा प्रस्तुत विद्युत विधेयक २०८० ले नेपाली लगानीकर्तालाई सय मेगावाटमा खुम्च्याउन खोजेको भनी सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।

नेपाली लगानीकर्ताहरुको क्षमता बढेको उल्लेख गर्दै नेकपा एमालेका सांसद रघुजी पन्तले भनेका छन्, ‘४५६ मेगावाटमो तामाकोशी नेपालीले बनाए । अब एक हजार वा सो भन्दा माथि समेत बनाउन सक्छ । सय मेगावाटमा खुम्च्याउन पाइँदैन् । नेपाली लगानीकर्तालाई बढावा दिनुपर्छ ।’

प्रतिनिधि सभामा प्रस्तुत विद्युत विधेयकमा सय मेगावाट भन्दा बढी जडित क्षमताका आयोजनाहरुलाई सोझै सरकारले सम्झौताद्धारा दिन सक्ने व्यवस्था प्रस्तावित गरिएको छ । यस व्यवस्थाका सन्दर्भमा सरकारले पुर्नबिार गर्नुपर्ने बताउँछन् कांग्रेसकै सांसद रामहरित खतिवडा ।

‘नेपाला निजी क्षेत्र विस्थापित हुने गरी वैदेशिक लगानी ल्याउनु हुँदैन’ विधेयकमाथिको सैद्धान्तिक छलफ,लमा भाग लिँदै सांसद खतिवडाले भने ।