TRENDING
होमपेज
शेयर बजार ३५ अङ्कभन्दा धेरैले घट्यो, १ अर्ब ८० करोड रुपैयाँको कारोबार


काठमाण्डौ । हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ ।
नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितोमा रहेको सीमा बढाएपछिको पहिलो कारोबार दिन आज बजार बढ्ने धेरैको अनुमानका बीच शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको हो । आज नेप्से ३५ दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव २४ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर मूल्य घटेर बजार राताम्मे भएकोमा होटल तथा पर्यटन, जलविद्युत्, लगानी र जीवन बीमा समूहको शेयर मूल्य दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज दुई सय ८९ वटा कम्पनीको ५८ लाख १५ हजार कित्ता शेयर एक अर्ब ८० करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७