

काठमाडौ । अङ्ग्रेजी भाषा शिक्षकहरूको संगठन नेल्टा बागमतीको सम्मेलनबाट प्रदेश उपाध्यक्षमा धादिङका युवराज सुवेदी र प्रदेश सदस्यमा दीपक सिटौला चयन भएका छन् ।
सम्मेलनबाट रामेश्वर ठाकुरको अध्यक्षतामा सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी १९ सदस्यीय समिति गठन गरेको छ । वरिष्ट उपाध्यक्षमा किशोर पराजुली, उपाध्यक्ष युवराज सुवेदी,महासचिव संगम चौलागाई, सचिव वीरबल लामा, सदस्य सचिव सृजना पौडेल,कोषाध्यक्षमा बेगबहादुर थापा र सदस्यहरूमा दीपक सिटौला, गणेशबहादुर थापा, शान्ति अधिकारी, नानीबाबु घिमिरे,उत्तम अर्याल, श्रीकृष्ण कडेल, चयन भएका छन् ।
कार्यक्रममा नेल्टा बागमती जर्नलमा योगदान गरेबापत ७ जना र प्रदेश समितिलाई योगदान गरेको मूल्याङ्कन गर्दै ११ ओटा नेल्टा जिल्ला समितिलाई सम्मान गरिएको थियो । कार्यक्रममा १२ जिल्लाका अङ्ग्रेजी भाषा शिक्षकहरूको उपस्थिति रहेको थियो ।
शनिबार हेटौंडामा सम्पन्न सम्मेलनमा नेल्टा बागमती प्रदेश अध्यक्ष गणेशप्रसाद हुमागाईँको अध्यक्षता तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको विशेष आतिथ्यता रहेको थियो ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
एसईईको सबै तयारी सकियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७