TRENDING

दशैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ

काठमाण्डौ । दशैँलाई लक्षित गरेर सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ ।

अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना शुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत खुल्ने तयारी देखिएको छैन । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन् ।

समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरे पनि समयमा अग्रिम टिकट बुकिङ नखोली दशैँको मुखमा खोल्दा यात्रुलाई दोब्बररतेब्बर भाडा तिरेर घर जानुपर्ने अवस्था आउने गरेको छ । यातायात व्यवसायी भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको बताउँछन् ।

देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला देशका मुख्य राजमार्ग बिग्रेका कारण अग्रिम टिकट बुकिङमा ढिलाइ भएको बताउनुहुन्छ। देशभरका सडकमा रहेका खाल्डाखुल्डीले गर्दा गाडी दुर्घटनाको जोखिम रहेको उहाँको भनाइ छ । ुदशैँ अगाडि नै सबै सडक मर्मत गरिसक्न हामी सरकारलाई अनुरोध गरिरहेका छौँु, उहाँ भन्नुहुन्छ।