TRENDING
होमपेज
आज केही ठाउँमा हल्का वर्षाको सम्भावना


काठमाडौ । आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका केही ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।
तत्काल ठूलो वर्षाको सम्भावना नरहे पनि देशका धेरै ठाउँको मौसम अहिले आंशिदेखि सामान्य बदली रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
उहाँका अनुसार भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको असर नेपालमा अझै रहेको छ। यही प्रणालीका कारण मनसुन बाहिरिन ढिलाइ भइरहेको र केही ठाउँमा अझै हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको उहाँले बताउनु भयो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा यो प्रणालीको असर कम छ । तर, अन्य प्रदेशमा भने असर रहिरहेकाले ती प्रदेशमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७