TRENDING
होमपेज
कार र मोटरसाइकल ठोक्किँदा पैदल यात्रीको मृत्यु


काठमाडौ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित निकोसेरामा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । थिमि तर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०४१ प ३३१९ नम्बरको मोटरसाइकल र पुरानो थिमिबाट राधेराधे तर्फ जाँदै गरेको बा।५ च २०४९ नम्बरको कार आपसमा ठोक्किएको हो ।
दुर्घटना हुँदा बाटोमा हिँडिरहेका ५८ वर्षीय योगराज बरालको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृतक बराल धनुषाको जनकपुर नगरपालिका–९ का स्थानीय हुन् । मोटरसाइकल चालक २० वर्षीय मिलन कार्की र कार चालक २९ वर्षीय अनुज प्रजापतिलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७