

काठमाडौँ । दसैं नजिकिँदै गर्दा सरकार र व्यवसायीले डेढ अर्ब रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा भित्र्याउने तयारी थालेका छन् । सरकार र व्यवसायीले गरी उपत्यकामा १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा ल्याउन लागेका हुन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा ल्याउने बताएको छ । यसका लागि ८ करोड ३३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले जनाए ।
निजी व्यवसायीले भने ५० हजार खसीबोका र १० देखि १५ हजार च्यांग्रा ल्याउने बताएका छन् । एउटा खसीको औसत तौल ३५ देखि ४० किलो हुने काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनक खड्काको भनाइ छ । तिनको औसत मूल्य २० देखि २२ हजार पर्छ । ‘२० हजारका दरले ५० हजार खसीबोकाको मूल्य १ अर्ब रुपैयाँ हुन्छ । गत वर्षझैं यस वर्ष करिब १० देखि १५ हजार च्यांग्रा ल्याउँछौं,’ उनले भने, ‘एउटा च्यांग्राको मूल्य ३५ देखि ४५ हजार रुपैयाँसम्म पर्छ । औसत मूल्य ३५ हजारका दरले ५२ करोड ५० लाख रुपैयाँ पर्छ ।’
खाद्य कम्पनी, पशु सेवा विभाग र व्यवसायीसहित भएको बैठकमा निजीतर्फबाट ५० हजार खसीबोका, खाद्यले २ हजार खसीबोका र १ हजार च्यांग्रा ल्याउने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जनाए । सोहीअनुसार गाउँगाउँमा खसीबोका खरिद प्रक्रिया सुरु गरिने उनको भनाइ छ । ‘सरकारी खसीबोका यही असोज २१ बाट बिक्री थाल्छौं । प्रतिकिलोमा १० रुपैयाँ छुट दिन्छौं,’ उनले भने ।
यसपालि स्वदेशमै उत्पादित खसीबोका र च्यांग्रा खरिदबिक्री गर्ने लक्ष्य रहेको उनले बताए । जिल्ला जिल्लामा उत्पादन बढेकाले स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिन आग्रहसमेत गरिएको उनको भनाइ छ । बैठकमा पशु सेवा विभागले नेपालमा खसीबोकाको संख्या ३६ लाख रहेको तथ्यांक प्रस्तुत गरेको थियो । वार्षिक उत्पादन २० प्रतिशतले बढ्छ । अर्थात् साढे ७ लाख उत्पादन हुन्छ । नेपालमा वार्षिक खसीबोकाको माग ५ लाख रहेको जनाइएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७