

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको बढाइएको मूल्य कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।
चाडवाडको मुखमा निगमले गरेको मुल्यवृद्धिले जनतालाई मार पर्ने भन्दै प्रधानमन्त्री दाहालले आइतबार बिहान निगमलाई तत्काल बढाइएको मूल्य लागू नगर्न निर्देशन दिएका हुन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निगमले गरेको मूल्यवृद्धि तत्काल लागू नगर्न प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिइन् । ‘मूल्यवृद्धि निगमले गरेको हो ।
यो मूल्य समायोजन प्रणालीमा आधारित भएर गरिएको हो,’ उनले भनिन्, ‘तर चाडवाडको मुखमा त्यो मूल्यवृद्धिले सर्वसाधारणलाई मार पर्ने भएकाले प्रधानमन्त्रीज्यूले तत्काल त्यो मूल्यवृद्धि लागू नगर्न निगमलाई निर्देशन दिइसक्नुभएको छ ।’
अर्थ बाणिज्यबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७