

काठमाडौं । फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदैछ । म्याद थपका लागि अहिले केहीबेरमा केसीलाई उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी कुमोद ढुंगेलले बताए ।
आपराधिक विश्वासघात गरेको आरोपमा सुदर्शन थापा प्रोडक्सन नामक फिल्म कम्पनीले अभिनेता केसीविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । केसीलाई भक्तपुरको साँगाबाट शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै केसी चिरायु अस्पतालमा भर्ना भएका थिए । पक्राउविरुद्ध केसीले केही दिनअघि उच्च अदालत, पाटनबाट निषेधाज्ञाको आदेश पनि लिएका थिए ।
देवानी कसुरमा पक्राउ नगर्नु भन्ने आदेश लिए पनि फौजदारी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हुनाले मुद्दा अनुसन्धानमा असर नपर्ने प्रहरीको भनाइ छ । तर केसीका वकिल परशुराम कोइरालाले चाहिं उच्च अदालतको आदेश आइसकेकाले हिरासतमा राख्न उचित नभएको बताए ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७