

काठमाण्डौ । नेपालबाट यसवर्षको मनसुन बाहिरिन केही ढिलो हुने भएको छ ।
मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख अर्थात् पर्सि १५ गते रहे पनि यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले विशेष बुलेटिन निकालेर मनसुन ढिलो गरी बाहिरिने जानकारी दिएको छ । बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना रहेकाले अबको तीनरचार दिनसम्म देशका धेरै ठाउँमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । कतैकतै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।
कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना पनि छ । अहिले कोशी, मधेस र बाग्मती प्रदेशमा सामान्य बदली छ । साथै कोशी प्रदेशको एकरदुई ठाउँमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।
कोशी, मधेस र बाग्मती प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७