

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। पार्टी कार्यालय च्यासल ललितपुरमा अध्यक्षका उम्मेदवारद्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलले मतदान गरी सुरु गरिएको हो।
सहमति र प्राविधिक तयारीका नाममा पटक पटक सर्दै आएको मतदान दिउँसो साढे १ बजे सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए।मतदानका लागि ४० वटा विद्युतीय भोटिङ मेशिन राखिएको छ। नमुना मतदान गर्दा एकजनालाई मतदानका लागि कम्तीमा १५ मिनेट लाग्ने मुख्य निर्वाचन अधिकृत मैनालीले बताए।
१३ जिल्लाबाट १ हजार १ सय ७२ जना प्रतिनिधिले मतदान गर्नेछन्। अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय ४० सदस्यीय कमिटी निर्वाचित हुनेछ। भुगोलतर्फका अधिकांश सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन्।
उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुनेछ। सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुनेछ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७