TRENDING
होमपेज
यो हप्ता समग्रमा सुनको भाउ ३ हजार ४ सय रुपैयाँले घट्यो


काठमाण्डौ । सुनको भाउ आज पनि घटेको छ । केही दिनयता सुनको भाउ लगातार घटिरहेको छ । हिजो सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले घटेको थियो । आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ता समग्रमा सुनको भाउ तोलामा तीन हजार चार सय रुपैयाँले घट्यो ।
हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँ थियो ।
चाँदीको भाउ भने आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७