

नयाँदिल्ली । चामल निर्यातमा प्रतिबन्ध लगाएको भारतले अन्य देशलाई निर्धारित परिमाणमा उपलब्ध गराउन थाले पनि नेपालको मागमा भने कुनै निर्णय गरेको छैन । भारतले विभिन्न देशलाई तोकिएको परिमाणमा निर्यातको अनुमति दिन थालेको हो ।
सिंगापुर, मरिसस र भुटानपछि यूएईलाई भारतले चामल निर्यात गर्ने भएको छ । तर, नेपालको हकमा भने अझैसम्म भारतले निर्यातको अनुमति दिएको छैन ।
वैश्विक बजारमा भारत चामलको ठूलो निर्यातक देश हो । विश्वमा हुने कुल चामल निर्यातको ४० प्रतिशत हिस्सा भारतको रहँदै आएको छ । तर, आन्तरिक बजारमा मूल्यवृद्धि हुन नदिन भारतले २० जुलाईबाट गैरबासमती चामलको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
भारतको उक्त निर्णयपछि विश्व बजारमा चामलको मूल्यवृद्धि भएको छ । विभिन्न देशले चामलको निर्यात खोल्न भारतलाई आग्रह गर्दै आएका छन् । नेपालले पनि एक लाख मेट्रिक टन चामलको माग गरेको महिना दिन बढी भइसकेको छ ।
भारतको विदेश व्यापार निर्देशनालयले पछिल्लो पटक यूएईलाई ७५ हजार मेट्रिक टन गैरबासमती चामल निर्यातको अनुमति दिएको हो । राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत उक्त परिणामको चामल यूएईलाई निर्यात गरिने निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७