TRENDING

एमाले बागमती प्रदेशको मतदान अनिश्चित

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान अनिश्चित बनेको छ।

बुधबार साँझ नै उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने भने पनि अहिलेसम्म सार्वजनिक नहुँदा मतदान सुरु हुन नसकेको हो। केन्द्रीय नेतृत्वले सर्वसम्मत रूपमा प्रदेश नेतृत्व चयन गर्ने प्रयास गरे पनि सफल सहमति नजुटेपछि निर्वाचन गर्ने निर्णय भएको थियो।

नेतृत्व चयनको लागि आज बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि १ बजेके लागि तय भएको थियो। तर,आन्तरिक तयारी नपुगेको भन्दै मतदान ४ बजेलाई सरेको छ। एमालेको निर्वाचन अधिकृत सानुराम पोखरेलले बिहीबार ४ बजेबाट पनि मतदानको समय सर्न सक्ने जानकारी दिए।