

काठमाण्डौ । पाकिस्तानको टोली एकदिवसीय विश्वकप खेल्न भारत पुगेको छ । पाकिस्तानको टोली हिजो बेलुका भारतको हैदराबाद पुगेको हो ।
पाकिस्तान क्रिकेट टोली लाहोरबाट दुबई हुँदै हैदराबाद पुगेको हो । यसअघि सोमवार पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले भिसा जारी गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको थियो । उसले आईसीसीलाई पत्र लेखेको केही घण्टापछि भारतले भिसा स्वीकृत गरेको थियो ।
पाकिस्तान सन् २०१६ को टी–२० विश्वकपपछि पहिलो पटक भारत आएको हो । दुई देशबीचको आन्तरिक राजनीतिको कारण उनीहरुले एकरअर्को देशको भ्रमण गर्दैनन् । त्यसै कारण यी दुई देशबीच सन् २०१३ पछि कुनै पनि शृङ्खला भएको छैन ।
विश्वकप र एसिया कपमा मात्रै भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै आएको छ । भारत यसअघि सम्पन्न एसिया कप खेल्न पाकिस्तान गएको थिएन । त्यसैले एसिया कप पाकिस्तान र श्रीलङ्कामा भएको थियो ।
पाकिस्तानले भोलि हैदराबादमा न्युजिल्यान्डसँग अभ्यास खेल खेल्दैछ । पाकिस्तानले हैदराबादमा अक्टोबर ६ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ । भारत र पाकिस्तानबीचको खेल अक्टोबर १४ तारिखमा अहमदाबादमा हुनेछ । भारतमा हुने विश्वकप क्रिकेट अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म हुनेछ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७