

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १८.६० अंकको गिरावट हुँदा २००४.३० को विन्दुमा बन्द भएको छ ।
मंगलबार २०२२.९१ को विन्दुमा बन्द भएको नेप्से बुधबार ‘इन्ट्रा–डे’ कारोबारमा २ हजारको विन्दुबाट झरेर १९९३.४६ मा पुगेको थियो । तर, अन्तिम समयमा केही सुधार हुँदै ०.९१ प्रतिशतले घटेर २ हजारको विन्दु माथि नै बन्द भएको हो ।
बुधबार नेप्सेका सबै उपसूचका गिरावट हुँदा नेप्से परिसूचक पनि घटेको हो । लगातार रुपमा बढीरहेको हाइड्रोपापावर उपसूचक बुधबार भने भने सर्वाधिक गिरावट भएको हो । हाइड्रोपावर उपसूचक १.५१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १।४२ प्रतिशत, व्यापार उपसूचक १।४१ प्रतिशत र विकास बैंक उपसूचक १।३८ प्रतिशतले गिरावट भएको हो ।
बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार २ अर्ब नाघेको कारोबार रकम बुधबार भने १ अर्ब ८१ करोड ४४ लाखको कारोबार भएको हो । ५८ हजार ३६७ वटा कारोबारमा ७० लाख ६१ हजार ४०४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
अर्थ बाणिज्यबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७