

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आन्दोलनरत अभियन्तालाई छलफलका लागि बोलाउँदा आउन नचाहेको दाबी गर्नुभएको छ ।
मेयर शाहले सामाजिक सञ्जालमा लेख्दै वार्ता हामीले उहाँहरूको नेतासँग गर्नुपर्ने हो भन्दै प्रश्न गर्नुभएको छ । अभियन्ताहरू उभिरहेको ठाउँमै पुगेर संवाद गर्न बोलाउँदा पनि नमानेको उहाँको भनाइ छ ।
तर अभियन्ता ‘‘ई’’ ले भने मेयर शाहको भनाइको खण्डन गर्नुभएको छ । अभियन्ता ‘ई’ले मेयर शाहको स्ट्याटस शेयर गर्दै ‘ई’ले नगर प्रहरी आएर आफूहरूलाई हप्काएको उल्लेख गर्नुभएको छ ।
आफूहरू भएको ठाउँमा मेयर शाह नभई नगर प्रहरी आएका र आफूहरूले कानुनविज्ञ, सहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधिलाई बोलाउन ३० मिनेट समय माग्दा नगर प्रहरीले रिसाएर त्यसो भए मेयरले भेट्दैन भन्दै हिँडेका ‘ई’ ले उल्लेख गर्नुभएको छ ।
‘ई’ लगायत अभियन्ताले सात दिनदेखि प्रदर्शनीमार्गको राष्ट्रियसभा गृह अगाडि उभिएर आन्दोलन गर्दै आएका छन् ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७