TRENDING
होमपेज
शेयर बजार साढे १९ अङ्कले घट्यो, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार


काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार १० दशमलव ३५ विन्दुमा झरेको छ ।
आज आइतवार लघुवित्तबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै शुभम पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एसियन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज ९० लाख तीन हजार कित्ता शेयर दुई अर्ब ३२ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको १३ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७