

काठमाडौ । पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन बिक्री तथा बाँडफाँट सम्पन्न गरे संगै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने मिति तय गरेको छ। कम्पनीले असोज १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो।
सोनापुर मिनरल्सले आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दालाई लागि अंकित मूल्य १०० मा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रति सेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्काशन गरिएको थियो । यसमध्ये स्थानीयले १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिए।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १० प्रतिशतले १२ लाख १६ हजार ५६८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा निष्काशन गरि बाँडफाँट भैसकेको छ।
सामूहिक लगानी कोषका लाई ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिसकेको छ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७