

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हाटउन तयारी गरेसँगै सेयर बजारमा हरियाली छाएको छ । मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलमा गभर्नर महाप्रसाद अधिकराीले १२ करोडको सीमा हटाउने बताएका थिए ।
सेयर लगानीकर्ताले व्यक्तिगत रुपमा १२ करोडको सीमा पर्याप्त रहेपनि सेयर बजारमा लगानी गर्ने उदेश्यले आएका कम्पनीमा उक्त सीमा व्यवहारिक नभएको बताउँदै आएका थिए । सबै क्षेत्रबाट आलोचनको विषय भएपछि १२ करोडको सीमा हटाउन तयारीसँगै सेयर बजारमा हरियाली छाएको हो ।
साताको अन्तिम कारोबार दिन बिहिबार बजार परिसूचक नेप्से ४४.३४ अंकले वृद्धि हुँदा २०२९.७८ को विन्दुमा पुगेको छ । आइतबार ४२.१४ अंकको उच्च गिरावट भएको नेप्से सोमबार र मंगलबार भने बढेको थियो । मंगलबार १९८४.४३ को विन्दुमा बन्द भएको नेप्से बिहीबार २.२३ प्रतिशतले बढेर बन्द भएको हो ।
अर्थ बाणिज्यबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७