

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो शनिवार चीन भ्रमणमा जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे औपचारिक जानकारी गराएको हो ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री प्रचण्डको भ्रमण आउँदो शनिवारदेखि १३ गतेसम्म रहने छ । भ्रमणमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायत पनि रहने परराष्ट्रले जनाएको छ ।
प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङ्झाउमा भेट गर्ने कार्यक्रम छ भने समकक्षी प्रधानमन्त्री ली छ्याङसँग भेट गर्नुहुनेछ । साथै, प्रधानमन्त्रीले बेइजिङमा रहेको नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको चीन–नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड आउँदो शनिवार हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । अहिले अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ आउँदो १३ गते स्वदेश फर्किनु हुनेछ ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७