

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ६ हजार पाँच सय वडामा समिति गठनका लागि आज आह्वान गरेको छ । रास्वपाले असोज २ देखि २० सम्म उम्मेदवार दर्ताका लागि अनलाइन आह्वान गरेको रास्वपाका सहमहामन्त्री तथा सङ्गठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले बताए ।
वडा तहको समितिका लागि समेत अनलाइनबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको छ । उम्मेदवार हुन १०० रुपैयाँ शुल्क तोकिएको छ । बुर्लाकोटीका अनुसार कात्तिक १० देखि १६ सम्म निर्वाचन मार्फत नेतृत्व चयन गरिने कार्यतालिका छ । कार्यसमितिमा चयन हुनेहरूको नामावली कात्तिक २० गते सार्वजनिक गरिने उनले जानकारी दिए ।
रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ । सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ । ११ जनामा दलित एक जना अनिवार्य गरिएको छ । महिला चार जना, ४५ वर्षमुनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन् ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७