

काठमाडौँ । क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको बताएको छ। क्यानडाकी विदेशमन्त्री मेलाइनी जोलीले भारतीय कूटनीतिज्ञलाई सोमबार देश निकाला गरेकोबारे जानकारी दिएकी हुन्।
प्रधानमन्त्री ट्रुडोले क्यानडेली संसद्लाई सम्बोधन गर्दै हत्यामा भारतीय संलग्नता रहेकोबारे आफूहरुले सूचना फेला पारेको बताएका थिए। क्यानेडेली नागरिक निज्जरलाई गत जुन १८ मा गोली प्रहार गरी हत्या गरिएको थियो। ब्रिटिस कोलम्बियाको सुर्रेमा रहेको गुरुद्धारा अगाडि निज्जरलाई गोली हानिएको थियो।
‘विदेशीको संलग्नतामा एक क्यानडेली नागरिकको क्यानडेली भूमिमा हत्या हुनु भनेको हाम्रो सार्वभौमितामाथिको हस्तक्षेप हो,’ क्यानडाको तल्लो सद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै ट्रुडोले भने, ‘यो हत्या स्वतन्त्र र लोकतान्त्रिक समाजको आधारभूत मान्यता विपरीत छ।’
जुनको मध्यमा निज्जरको खुलेआम हत्या भएपछि भारतबाहिर छरिएका शिख समुदाय आक्रोशित बनेको थियो। हत्याको विरोधमा शिखहरुले टोरोन्टो, लन्डन, मेलबर्न, सान फ्रान्सिस्को जस्ता सहरमा प्रदर्शन गरेका थिए। टोरोन्टोमा रहेको भारतीय महावाणिज्य दूतावासअघि सयौँ शिख जम्मा भएका थिए।
भारतमा साम्य भएको भए पनि क्यानडा, बेलायत, अमेरिका लगायतका देशमा रहेका खालिस्तान समर्थकले आफ्नो गतिविधि जारी राखेका छन्। भारतपछि सबैभन्दा बढी शिख बस्ने देश क्यानडा हो। त्यसकारण क्यानडामा खालिस्तान अभियानकर्ताको ठूलो उपस्थिति छ। उता भारतमा भने यो अभियानलाई प्रतिबन्ध मात्र लगाइएको छैन, पंजाबका स्थानीय राजनीतिक दलहरुले समेत यसलाई निषेध गरेका छन्।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७