

काठमाण्डौ । नेपालमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज मङ्गलवार नेपाली बजारमा अमेरिकी डलरको भाउको खरिददर १ सय ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ५४ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि नेपाली मुद्रा अमेरिकी डलरसँग यति कमजोर बनेको थिएन ।
हिजो सोमवार भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बनेपछि आज नेपाली बजारमा डलर महँगो भएको हो । डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेहरूलाई फाइदा भए पनि बाँकी सबैतर्फ नेपाललाई घाटा हुन्छ । नेपालको निर्यात व्यापार निकै कम भएको र आयात चुलिँदो अवस्थामा रहेका कारण डलरको भाउ बढ्दा महँगी बढ्नुका साथै डलर सञ्चितीमा सरकारलाई दबाब पर्ने गर्छ ।
यस्तै सरकारले तिर्ने ऋणको साँवा र ब्याज भुक्तानीसमेत बढ्ने गर्छ । डलरसँगै युरो र पाउन्डको भाउ पनि बढेको छ । आज नेपाली बजारमा युरोको खरिद मूल्य १ सय ४ रुपैयाँ ८६ पैसा छ भने बिक्री मूल्य १ सय ४२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै बेलायती पाउन्डको खरिद मूल्य १ सय ६४ रुपैयाँ ९० पैसा र बिक्री मूल्य १ सय ६५ रुपैयाँ ६४ पैसा रहेको छ ।
विकासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
गाईपालन व्यवसायबाट मनग्य आम्दानी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७