

जयपुर । भारतको जयपुरमा सुटकेस भित्र एक नेपाली महिलाको फेला गरेको छ। मानव तस्करले ती महिलाको हत्या गरेर फालेको चित्रकुट प्रहरीले जनाएको छ।
भारतीय सञ्चारमाध्यम पीटीआइका अनुसार बिहीबार ३ सय फिट गहिरो खोँचमा ३० वर्षीय ती महिलाको शव फेला परेको थियो। लक्ष्मी नाम गरेकी उनलाई ४ महिला अघि दिल्लीबाट त्यहाँ लगिएको बताइएको छ।
चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिएका छन्। प्रहरीले हत्याको आरोपमा २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३५ वर्षीय सपना मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन्। दुवै जना पश्चिम बङ्गालका हुन्। सपना वेश्यावृत्तिमा संलग्न गरेको बताइएको छ। उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाइ छ।
स्वपनले नै महिलालाई ४ महिनाअघि दिल्लीबाट ल्याएर पहिले होटेलमा राखेको र पछि एउटा फ्ल्याटमा राखेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार केही दिनअघि मृतक र सपनाबीच विवाद भएको थियो। विवादकै क्रममा महिलाको हत्या गरेर उनको शव नाहरगढको पहाडमा गाडिएको अवस्थामा फेला परेको छ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७