TRENDING

ईयूद्धारा टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना

एजेन्सी । युरोपेली संघ ईयू को एक नियामक निकायले चिनिया स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म ‘टिकटक’लाई बालबालिकाको तथ्यांक चोरी गरेको आरोपमा शुक्रबार ३४ करोड ५० लाख युरो जरिवाना गरेको छ।

आयरल्याण्डको तथ्यांक सुरक्षा आयोगले विज्ञप्ति जारी गर्दै दुई वर्षको अनुसन्धानमा पत्ता लागेको उल्लंघनका लागि ३६ करोड ९० लाख अमेरिकी डलर बराबरको ‘प्रशासनिक जरिवाना’ बुझाएको जनाएको छ।

आयोगले टिकटकलाई आफ्नो नियमअनुसार ‘यसको प्रक्रियालाई कार्यान्वयनमा ल्याउन’ तीन महिनाको समय दिएको छ।

ईयू सदस्य आयरल्याण्डको डीपीसीले समूहको सामान्य तथ्यांक सुरक्षा नियमन ९जीडीपीआर० को कडा नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ।

तथ्यांक चोरीबारे नियमनकारी संस्थाले सेप्टेम्बर २०२१ मा १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूको लागि प्लेटफर्म निर्माण र व्यक्तिगत तथ्यांक संकलन प्रक्रियाको सम्बन्धमा जीडीपीआरको साथ टिकटकको अनुगमन जाँच गर्न शुरु गरेको थियो।

डीपीसीले शुक्रबार आफ्नो फैसलामा कसरी बच्चाहरूले ‘साइन अप’ गरेका थिए भनेर देखाउँदै जसको अर्थ यो जानकारीबारे कसैले पनि उनीहरूको सामग्री हेर्न वा टिप्पणी गर्न सक्छ भनी टिकटक खाताहरू पूर्वनिर्धारित रूपमा सार्वजनिक गर्न तयार गरिएको थियो ।

मुख्य समाचारबाट थप समाचार