

म्याग्दी । पहिरो खसेर अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक चार दिनपछि खुलेको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घुमाउनेभीरमा पहिरो खसेर अवरुद्ध भएको सडक हिजो बुधवार बेलुकीदेखि सञ्चालनमा आएको हो ।
बेनी नगरपालिका–४, तातोपानी र मंगला गाउँपालिका–२ सिमलचौर जोड्ने घुमाउनेभीरमा सडकभन्दा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको थियो । वर्षासँगै खसेको ढुङ्गा, माटो र गेगरसहितको पहिरो डोजरको सहायतामा पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
सडक खुलेसँगै बीच सडकमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । घुमाउनेभीरको सडकमा खसेको पहिरो पन्छाएपछि अहिले बेनी–दरबाङ सडकमा निर्बाध रूपमा गाडी चलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कुमार गुरुङले जानकारी दिनुभयो । वर्षा कम हुँदै गएपछि बेनी–जोमसोम सडकमा पनि पहिरोको अवरोध नभएकाले सहज आवतजावत भइरहेको उहाँले बताउनुभयो ।
बेनी–दरबाङ सडक खण्डको घुमाउनेभीरमा खसेको पहिरोका कारणले सर्वसाधारण तथा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका थिए । सडक अवरुद्ध हुँदा खासगरी दैनिक खाद्यान्न सामग्री बोकेका गाडी, एम्बुलेन्स तथा बिरामी ल्याएका गाडी, पालिकाका कर्मचारीलगायत सर्वसाधारण र यात्रुलाई समस्या भएको थियो ।
समाचारबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७