

काठमाडौं । बेन स्टोक्सले कीर्तिमानी १८२ रन बनाएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई १८१ रनले पराजित गर्दै चार खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।
स्टोक्सले इंग्ल्याण्डका लागि ओडीआईमा एकै खेलमा सर्वाधिक रन बनाउने नयाँ कीर्तिमान बनाएका हुन् । उनले यसअघि ज्यासन रोएको नाममा रहेको १८० रनको कीर्तिमान तोडे । चौथो नम्बरमा ब्याटिङ गरेका स्टोक्सले १८२ रन बनाएपछि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ४८.१ ओभरमा सबै विकेट गुमाएर ३६८ रन बनाएको थियो । १२४ बल खेलेका स्टोक्सले १५ चौका र ९ छक्का प्रहार गरे । १३-२ को अवस्थामा स्टोक्सले डेविड मालानसँग १९९ रनको साजेदारी गरेका थिए ।
शतकबाट चार रनले चुकेका मालानले ९५ बलमा ९६ रन बनाए । कप्तान जोस बटलरले ३८ रन जोडे । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ५ तथा बेन लिस्टरले ३ विकेट लिए । ३६९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डल ३९ ओभरमा सबै विकेट गुमाएर १८७ रनमै अलआउट भयो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७२ रन बनाए । ७६ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । रचिन रभिन्द्रले २८ र डारेल मिचेलले १७ रन जोडे ।
बलिङमा इंग्ल्याण्डका क्रिस वोक्स र लिएम लिभिङ्स्टोनले तीनरतीन तथा रिस टोपलेले दुई विकेट लिए ।
खेलकुदबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७