

काठमाडौं । तीज नजिकिदै गर्दा सुनको भाउ आज तोलामा ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ११ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ६५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुन १ लाख १२ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।
आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ । चाडपर्वमा प्रायः सुन–चाँदीको भाउ बढ्ने गर्छ । तर अहिले तीज नजिकिएका बेला पनि मूल्य घटेको छ । यसको कारण भनेको अन्तर्राष्ट्रिय बजारमा भाउ सस्तो हुनु हो ।
अमेरिकी डलर र पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । सोही कारण सुन सस्तो भएको व्यवसायीहरुले बताएका छन् । सुन, डलर र पेट्रोलियम पदार्थलाई लगानीका प्रतिस्पर्धी क्षेत्र मानिन्छ । डलरमा लगानीकर्ताको आकर्षण बढेकाले सुन सस्तो भएको अनुमान गरिएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७