TRENDING

दुबईबाट तस्करले भित्र्याएको एक किलो सुनसहित एक पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुबईबाट तस्करले भित्र्याएको एक किलो सुनसहित एक व्यक्तिलाई आज पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पास भएर लैजान लागिएका बेला परिसरको टोलीले सुनसहित ती व्यक्तिलाई पक्राउ गरेको परिसरका एक प्रहरी अधिकृतले  जानकारी दिए।

कसरी विमानस्थल पास भएर निस्कियो भन्ने बारमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ। उनलाई अदालतबाट म्याद थपको तयारी भइरहेको र त्यसपछि थप अनुसन्धानको काम अघि बढाइने पनि परिसरका ती प्रहरी अधिकृतले बताए।

पछिल्लो समयमा सुन प्रकरणका ठूलाठूला घटना भइरहेका र त्यस्ता घटनामा उच्चस्तरीय व्यक्तिहरुको नाम जोडिँदै आएको छ। गत वर्ष विद्युतीय चुरोट ९भेट० मा राखेर नौ किलो सुन तस्कर भएको थियो।

गएको साउनमा मोटरसाइकलको ुब्रेक शुुमा राखेर झण्डै ६१ किलो सुन तस्करी भएको घटना सेलाउन नपाउँदै विभिन्न क्षेत्रबाट सुनसहित मानिसहरु पक्राउ पर्ने क्रम रोकिएको छैन।

मुख्य समाचारबाट थप समाचार