TRENDING

सुवाल स्मृति फुटसल आजदेखि

काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । काठमाडौं महानगरपालिका वडा नं २३ को आयोजनामा मंगलबार लैनचौर फुटसल मैदानमा प्रतियोगिता सुरु हुनेछ । असोज ३ गतेसम्म हुने प्रतियोगितामा काठमाडौं महानगरपालिका केन्द्रसहित ३० वडाको सहभागिता रहनेछ ।

पहिलो खेल काठमडौं महानगरपालिका र २३ वडा बीच हुनेछ । आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनल नेपालमा फुटसलको व्यावसायिक प्रवर्द्धनमा योगदान गर्न र यसको माध्यमबाट खेलप्रति आम नागरिक र युवा वर्गलाई प्रेरित गराउन वडास्तरबाटै यो फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए ।

नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपैयाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई दसरदस हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।

सिंह नेपालमा प्रजातान्त्रको उदयपछि २३ वडाको अध्यक्ष हुने पहिलो व्यक्ति हुन् । उनी आफ्नो समयका फुटबल खेलाडी पनि थिए ।