

काठमाडौ । बागमती प्रदेशमा डेंगु रोगको सङ्क्रमितको पाँच हजार नाघेको छ । गत २४ घण्टामा १०७ जना डेंगु रोगका सङ्क्रमित थपिएसँगै बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको हो ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो यस प्रदेशमा गत जनवरी महिनादेखि सोमबारसम्ममा डेंगु रोग सङ्क्रमितको सङ्ख्या प्रदेशभरमा पाँच हजार ७५ जना पुगेको छ । यस्तै यस प्रदेशमा डेंगु रोग सङ्क्रमणबाट हालसम्ममा मृत्यु हुनेको सङ्ख्या छ जना पुगेको छ ।
ललितपुर र धादिङ जिल्लामा दुई–दुई जना तथा मकवानपुर र काभ्रेपलान्चोकका एक–एक जनाको डेंगु रोग सङ्क्रमणबाट मृत्यु भएको जानकारी मन्त्रालयका सूचना अधिकारी डा। रविन भुसालले दिनुभएको छ ।
यसअघि यस प्रदेशमा आइतबार ५५ जना डेंगुका नयाँ रोगी भेटिएका थिए । मन्त्रालयका सूचना अधिकारी भुसालका अनुसार प्रदेशका १३ वटै जिल्लामा डेंगु रोगको सङ्क्रमण फैलिएको छ ।
यस प्रदेशमा गत जनवरीयता सोमबारसम्ममा सबैभन्दा बढी धादिङ जिल्लामा डेंगुको प्रकोप फैलिएको छ । गत जनवरीदेखि धादिङ जिल्लामा तीन हजार १५१, काठमाडौँमा ४६३, ललितपुरमा २९३, भक्तपुरमा १७०, नुवाकोटमा १०४, रामेछापमा ५०, चितवन २९१, मकवानपुरमा ४२८, काभ्रे ५८, सिन्धुली ३२, रसुवा छ, दोलखा १५ र सिन्धुपाल्चोकमा १४ जनामा डेंगु सङ्क्रमण भएको छ । गत जनवरीमा ५७ जनामा डेंगु सङ्क्रमण भएकोमा अगस्त महिनामा मात्रा तीन हजार १६७ जनामा प्रदेशभरमा डेंगु सङ्क्रमण भएको मन्त्रालयका तथ्याङ्क छ ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
एसईईको सबै तयारी सकियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७