

काठमाडौं । खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त हकप्रद शेयर विद्युत नियमन आयोगको स्वीकृतिका लागि आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय भएको जानकारी कम्पनीले दिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । कम्पनीले बैंकको ऋण भुक्तानीका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको जानकारी दिएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको दिर्घकालिन कर्जा ८० करोड ८५ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनी २ करोड २८ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ६३ लाख ६४ हजार रूपैयाँ खुद नाफामा रहेको कम्पनी गत वर्ष भने नोक्सानीमा गएको हो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७