

काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारिअर’लाई लण्डनमा रेडकार्पेट प्रिमियर गरिएको छ । स्थानीय लेस्टर स्क्वायरस्थित आइम्याक्स सिनेवर्ल्डमा आयोजित समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथिको रुपमा सहभागी भए ।
बेलायतस्थित नेपाली डायस्पोराको खचाखच रहेको समारोहमा नेपालबाट पुगेका फिल्म निर्माता, निर्देशक, कलाकार र पत्रकारको बाक्लो उपस्थिति थियो । उक्त अवसरमा गोर्खा भेट्रानहरुलाई सम्मान गरियो । कृत्रिम खुट्टाको सहयोगमा सगरमाथा चढेका हरिबहादुर बुढा समेत समारोहमा उपस्थित थिए ।
निर्देशक चाम्ससहित फिल्मका कलाकारहरु रितेश चाम्स र रेविका गुरुङ प्रिमियरमा सहभागी रहे । दीया पुन परिवारसहित देखिइन् । कार्यक्रममा सहभागी हुन योगेश्वर अमात्य, धीरेन शाक्य, सन्तोष सेन, प्रेम पुरी, ज्योति राई, जनकदीप पराजुलीसहित पत्रकारहरु लण्डन पुगेका छन् । बेलायती सेनाको गोर्खा बटालियनले दोस्रो विश्वयुद्धको क्रममा मलायामा लडेको बहादुरीपूर्ण लडाइँको कथा फिल्मले पेश गर्छ । फिल्मलाई यसै वर्षभित्र नेपालमा रिलिज गर्ने तयारी रहेको निर्देशक चाम्सले जानकारी दिए ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७