

भोजपुर । वातावरणको संरक्षणको लागि नेपाली सेनाले दुई हजार छ सय विरुवा रोपेको छ। नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका १२ टक्सारमा रहेको इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको हो।
सेनाको ‘गो ग्रिन क्याम्पेन’ कार्यक्रमअन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा वृक्षरोपण गरिएको हो।
यहाँ तेजपत्ता मसलालगायत गरी एक हजार सय विरुवा रोपिएको सेनाले जनाएको छ। यो अभियानअन्तर्गत जिल्लाभर विरुवा रोप्ने योजना रहेको नयाँ श्रीनाथ गण भोजपुरका गणपति फडिन्द्र थापाले जानकारी दिए।
‘वातावरणको संरक्षणको लागि दुई हजार छ सय विरुवा रोपेका छौँ’ गणपति थापाले भने, ‘हाम्रो यो अभियान जारी छ। यो अभियानअन्तर्गत जिल्लाका अन्य स्थानमा पनि विरुवा रोप्ने लक्ष्य छ। यसको संरक्षणको लागि स्थानीयसँगै हामीले पनि आवश्यक काम गर्छौँ।’
सेनाले विपद् लगायत विभिन्न सामाजिक क्षेत्रमासमेत आफ्नो गतिवधिहरुलाई बढाएको गणपति थापाले बताए।
सेनाले थालेको विरुवा रोप्ने अभियान सरहानीय रहेको बताउँदै, यसको संरक्षण तथा विकासमा ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७