

काठमाडौँ । विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा यांगुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार घरेलु टिम म्यान्मारविरुद्ध प्रतिस्पर्धा गर्दै छ । थुवुना रंगशालामा शुक्रबार भएको पहिलो खेल गोलरहित टुंगिएको थियो । उक्त खेलमा अधिकांश समय म्यान्मारले पाहुना टिमलाई दबाबमा राखेको थियो ।
लगातार गोलको अवसर सिर्जना पनि गरेको थियो । नेपाली खेलाडीहरूको रक्षापंक्तिमा जुझारु खेल र गोलकिपर किरण चेम्जोङको उत्कृष्ट प्रदर्शनमा म्यान्मार गोलविहीन रोकिएको थियो । उक्त खेलमा सबैभन्दा राम्रो अवसर भने नेपालले पाएको थियो । दोस्रो हाफमा पाएको पेनाल्टीमा अञ्जन विष्ट गोल गर्न असफल भएका थिए ।
सोमबार अञ्जन फेरि पुरुषको राष्ट्रिय टिमका लागि सबैभन्दा बढी गोल गरेका नीराजन रायमाझी र हरि खड्काको कीर्तिमान भेटाउने प्रयासमा हुनेछन् । कीर्तिमानभन्दा एक गोल पछाडि परेका अञ्जनले १२ गोल गरेका छन् । सन् २०१९ मा म्यान्मारमै भएको मैत्रीपूर्ण खेलमा ३–० ले हारेको नेपालका लागि गोलरहित बराबरी नतिजा पनि उपलब्धिमूलक नै मान्न सकिन्छ । विश्वकप छनोटको तयारीमा कमजोरी सच्याउने अभियानमा रहेका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस बराबरीभन्दा पनि राम्रो नतिजा चाहन्छन् म्यान्मारविरुद्ध ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७